काठमाडौं । चिनियाँ व्यपारीलाई गाउँमा पुगेर रुद्राक्ष खरिद गर्न रोक लगाइएको छ। चिनियाँ रुद्राक्ष खरिदको बहानामा संखुवासभाका गाउँगाउँमा पुगेर विभिन्न गतिविधि गरेको भन्दै रुद्राक्ष व्यवसायी संघले गाउँमै गुगेर रुद्राक्ष खरिद बिक्री गर्न रोक लगाएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
![]()
व्यवसायी संघको शनिबार बसेको बैठकले चिनियाँले नेपालीलाई भ्रममा पार्न र रुद्राक्ष खदिरका नाममा विभिन्न क्रियाकलाप गर्ने गरेको निष्कर्षसहित गाउँ नपस्न आग्रह गरी प्रशासन कार्यालयलाईसमेत जानकारी गराउने निर्णय गरेको हो।
रुद्राक्ष खरिद गर्न आएका अधिकांश चिनियाँ पर्यटक भिसामा आउने गरेको र गाउँगाउँसम्म पुगेर रुद्राक्ष खरिद गरेको व्यवसायी संघको भनाइ छ ।
उनीहरुले जिल्ला विकास समितिबाट निकासी अनुमतिपत्र पनि लिएका छैनन्। उनीहरुमा व्यापारिक गतिविधि नपाइएको संघको आरोप छ।
Facebook Comments Box