कनकाई । प्रवासी भुजेल समाज समिति युएईले सुरुङ्गाकी मुटुरोगी दुर्गादेवी भुजेलको उपचारार्थ ७४ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
विगत ९ वर्षदेखि मुटुको भल्भबाट पीडित दुर्गादेवीको आर्थिक अभावकै कारण तत्काल अप्रेशन गरेर मुटुको भल्भ फेर्न असक्षम भएको बिरामीका ससुरा जगतबहादुर भुजेल बताउँछन् ।
दाताबाट प्राप्त आर्थिक सहयोगबाटै मुटुको भल्भ फेर्न सफल भएको र स्वस्थ्य भएकोमा दुर्गादेवीले खुसी व्यक्त गरिन् ।
सन् २०१२ मा युएईमा रहेका भुजेलहरुको भेलाबाट स्थापना भएको सो संस्था विशेष गरेर सामाजिक कार्यका लागि युएईमा नै अग्रणी स्थानमा रहेकोे समाजका केन्द्रीय सदस्य पदम भुजेलले जानकारी दिए ।
समाजका केन्द्रीय उपाध्यक्षमा सूर्यबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा भुजेल समाज सेवा समिति झापाका संस्थापक अध्यक्ष भीम खवासको प्रमुख आतिथ्य रहेको थियो ।
भुजेल समाज सेवा समिति झापाका अध्यक्ष गोकुल भुजेललगायतलको मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भानु भुजेलले गरेका थिए ।