काठमाडौं – पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरी पार्टीको धारणा बनाउन बसेको कांग्रेस केन्द्रीय समितिको बैठक आज शुक्रबार पनि जारी रहने भएको छ ।
बैठकमा संविधान संशोधन, स्थानीय निकायको पुनर्संरचना, पार्टीको आन्तरिक संगठन सुधारका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्वको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ ।
बिहीबारको बैठकमा आठ केन्द्रीय सदस्यहरुले छलफलमा भाग लिएका थिए ।
बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले संविधान संशोधनका बारेमा अन्य दलसँग पनि छलफल गरेर पार्टीको धारणा बनाउनुपर्ने सुझाव दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
Facebook Comments Box