घरायसी काममा मात्र महिलाहरु सीमित हुनुपर्छ भन्ने मान्यता रहेको नेपाली समाजका लागि उनी गतिलो उदाहरण बनेकी छिन् ।
मिजासिली र सरल स्वभावकी सरला नेतृत्व तहमा महिलाको सहभागितालाई व्यापक बनाइनु पर्ने धारणा राख्छिन् ।
भन्छिन्, ‘अब महिलाहरुले चुलाचौकामा मात्र सीमित रहनु हुँदैन । नीति निर्माणको तहमा पनि आउनु पर्यो । सामाजिक संघसंस्थामा पनि पहुँच बढाइनु पर्छ ।’
आफ्नो कार्यकालमा उनले महिलाहरुलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु ल्याइन् । दुर्गापुरमा साक्षरता तालिम गरियो । महिलाको सहभागिता पनि व्यापक भयो ।
महिलाहरुका लागि प्रभावकारी भाषण कला सम्बन्धित तालिम कार्यक्रम गरियो । कार्यक्रमबाट कनकाई नगर क्षेत्रका महिलाहरुले आफ्नो नेतृत्व तथा व्यक्तित्व विकास गर्ने अवसर पाए ।
उनले आफ्नो कार्यकालमा अन्य महिलाहरुलाई पनि जेसीजमा आबद्ध गराउन पहल गरिरहेकी छिन् ।
‘सुरुङ्गा जेसीजको नेतृत्व तहमा अन्य महिलाहरुलाई पनि देख्न चाहन्छु’, उनले भनिन्, ‘अब पनि महिलाहरु घरमा सीमित हुनु हुँदैन ।’
उनी सन् २००० मा जेसीजमा आबद्ध भएकी थिइन् । उनले धुलाबारी जेसीजको सदस्यको रुपमा जेसीज यात्रा सुरु गरिन् । अहिले उनी सुरुङ्गा जेसीजको नेतृत्व सम्हाल्दै छिन् ।