विर्तामाेड । वातावरण संरक्षण मञ्च नेपालको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले हैकम घिसिङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा रमेश राजवंशी, सचिवमा नविन कोइराला, सह सचिवमा प्रदीप राजवंशी, कोषाध्यक्षमा गायत्री राजवंशी छन् । सदस्यहरुमा पुजा थापा मगर, चन्दा मोक्तान, रोशन लामा र अर्जुन लम्जेल रहेका छन् ।
दोस्रो साधारणसभाकै अवसरमा संस्थाले विर्तामोड शाखा कार्यालय विस्तार गरेको छ । भद्रपुर रोड अन्न्पुर्ण चोक पुर्वमा रहेको कार्यालयको उद्घाटन प्रमुख अतिथि रहेका विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीले रिवन काटेरे गरेका थिए ।
आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विर्तामोडको सभाहलमा भएको कार्यक्रममा विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा माओवादी केन्द्र नगर इन्चार्ज अरुण श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ नगर सचिव विरेन मेचेको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी विर्तामोड सरसफाई समितिका संयोजक सागर पौडेल, क्रिएटिभ नेप्लिज युथका अध्यक्ष रन्जना धमला, आदिवासी विद्यार्थी महासंघ झापा सचिव सागर लिम्बू, विद्यार्थी घेदुङ जिल्ला सचिव रोशन मोक्तान लगायतको अतिथ्यता रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हैकम घिसिङको अध्यक्षता तथा सचिव नविन कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष रमेश राजवंशीले राखेका थिए ।
इसिएफ नेपालले विगत ३ वर्षदेखि वातावरण प्रदूषण तथा जलवायु परिवर्तन सम्बन्धी विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसका साथै विभिन्न स्थानमा सरसफाई, वृक्षारोपण, खुल्ला दिसामुक्त क्षेत्र अभियान, हरित मेला, प्लाष्टिकमुक्त क्षेत्र सचेतना तथा सफा क्षेत्र घोषणा जस्ता रचनात्मक कार्यक्रमहरु गरी स्वच्छ वातावरण निर्माणमा टेवा पु¥याउँदै आएको छ । त्यसैगरी विर्तामोडको फोहोरमैलाको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न इसिएफले आफ्नो वार्षिक कार्ययोजनामै यसलाई समावेश गरेको संस्थाका सह सचिव प्रदीप राजवंशीले बताए ।