काठमाडौं । सुर्खेतको छिन्चुस्थित प्रभात माविमा कक्षा सातमा पढ्दै गर्दा दीपा विकले भागेर विवाह गरिन् ।
१४ वर्षको उमेरमै विहे गरेपछि उनको पढाइ बीचमै रोकियो । बिहेपछि परिवारले घरको काममा मात्र दलाएपछि उनी तीन वर्षसम्म विद्यालय जान पाइनन् ।
हतारमा बिहे गरेकी उनले जब स्कुल जान पाइनन्, तब फुर्सदमा पछुताउनु पर्ने अवस्था आएको आजको अन्नपूर्णमा समाचार छ ।
पढेर ठूलो मान्छे बन्ने सानैदेखिको उनको रहर बिहेपछि ओझेलमा पर्यो । आफ्नो रहर पुरा गर्न अन्ततः दीपाले आफैंले रोजेको श्रीमानसँग सम्बन्धविच्छेद नै गरिन् ।
श्रीमान्सँग डिभोर्स गरेकी दीपा अहिले पुनः साथीहरुसँगै झोला बेकेर नियमित विद्यालय जान थालेकी छिन् ।
Facebook Comments Box