विर्तामोड । विर्तामोड सरसफाई अभियानले २० औं हप्ता पार गरेको छ । केहि युवाहरुको सहभागीतामा सुरु भएको यो अभियान २० औं हप्ता सम्म आइपुग्दा देढ दर्जन भन्दा बढी संघ संस्था र सयौं युवाहरुको बृहत अभियान बनेको छ ।

२० औं हप्तामा प्रवेश गरे सँगै यस अभियानमा लागि परेका सामाजिक अभियानताहरुले विर्तामोडलाई वातावरण मैत्री बनाउन फूलका बिरुवा र केहि सुन्दर बनस्पतिका बोटहरु पनि रोपेका छन् । जसमा १५०० रूपैंयाको बोट बिरुवा दिएर विर्तामोडका युवा समाजसेवी चेतन बिमलीले सहयोग गरेका थिए ।
विर्तामोड सरसफाई अभियानमा लागि परेका क्रिएटिभ नेपलिज युथका अध्यक्ष रञ्जन धमाला दशैँको ब्यस्त समयमा पनि विर्तामोड सफाई अभियानमा लागि परे । उनी सँगै युवा संघ विर्तामोडका अध्यक्ष मदन बुढाथोकी, विवेचना दैनिकका सम्पादक हिमाल खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख ढुण्डिराज गिरी, इसिएफ नेपाल, रेयुकाइ विर्तामोड, विवेकशी नेपाली दल झापाका सदस्य लगायतका दर्जनौं युवाहरु चाड पर्व नभनि विर्तामोडलाई स्वच्छ र सुन्दर शहर बनाउन अहोरात्र लागि परेका छन् ।

तर बिगत केही हप्ता देखी पैसाको अभावले सरसफाइ अभियानमा लागिपरेकाहरू ग्लोभ्स अनि औजारहरु बिना नै सरसफाई कार्यक्रम दुस्ख ले संचालन गर्दै आएका छन् ।
विर्तामोड सफाइ अभियानमा लागिपरेका युवा अभियानता तथा विवेचना दैनिकका सम्पादक हिमाल खरेलले विर्तामोडलाई सुन्दर शहर बनाउन सुन्दर फूलका विरूवाहरू रोप्ने र आकर्षक बगैंचाको स्वरूप दिने अभियानको भावि लक्ष्य रहेको बताए । तर उनीहरूसँग पर्याप्त औजार र सामान नभएका कारण सहयोगीहरू सामु सहयोगको लागि आग्रह समेत गरिरहेका छन् । उनी भन्छन् , ‘हामीलाई सहयोग गर्नुहोस् हामी विर्तामोडको मुहार फेर्नेछौं ।’

विर्तामोड सरसफाई अभियानको २० औं हप्ता सम्म आइपुग्दा यस अभियानमा लागिपरेका हरुले भोग्नु परेका समस्या त एका तिर छन् नै तर गर्न खोज्नेलाई हौसला दिनुको सट्टा ‘ तिमीहरुले गर्न सक्दैनौ ‘ भनेर मनोवल घटाउन पनि खोजिएको ती अभियान्ताहरु सुनाउँछन् । शहरले बृहतरुप लिँदै गर्दा सुविधा मुखी मात्र भएका हामी शहरबासीहरुले आफ्नो स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने वातावरणको सरसफाईमा भने किन चासो दिन सकिरहेका छैनौं ?
हाम्रा लागि हामीले नगरे कसले गर्नेरु अनि अहिले नगरे कहिले गर्नेरु जागौं, उठौं, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर विर्तामोडलाई स्वच्छ र सुन्दर शहर बनाउँ ताकि भोलि हामीले खुलेर यहि ठाउँमा आनन्दको श्वास फेर्न सकौं ।