विर्तामाेड । झापाकाे विर्ताामाेडकाे पञ्चकन्या अगाडि पूर्व पश्चिम राजमार्गमा दुई वटा बस एक अापसमा जुध्दा ६४ जना यात्रु घाइते भएका छन् ।
काँकरभिट्टाबाट दमक जाँदै गरेकाे ना ५ ख ६५६१ नम्बरकाे बस बिपरित दिशाबाट अाएकाे ना ५ ख १८९८ नम्बरकाे बससँग ठाेक्किँदा दुर्घटना भएकाे हाे । दुर्घटनामा ६४ जना यात्रु घाइते भएकाे भर्खर प्राप्त जानकारी प्राप्त भएकाे छ ।
बुधबार विहान विर्तामोडमा भएको सडक दुघटनामा घाइते भएकाहरुको विवरण
बिर्तासिटी अस्पताल बिर्तामोड झापामा उपचाररत घाईतेहरु:-
१. जिल्ला झापा गौरादह गा बि स वडा नं. ८ बस्ने बर्ष ३९ को राम प्रसाद ओडारी दाहिने खुट्टा, दाहिने हातमा चोट ।
२. जिल्ला झापा गौरादह गा बि स वडा नं. ८ बस्ने बर्ष ३५ की कमला ओडारी दाहिने खुट्टामा चोट ।
३. जिल्ला झापा गौरादह गा बि स वडा नं. ८ बस्ने बर्ष ११ की आश्मा ओडारी बाया खुट्टामा चोट ।
४. जिल्ला झापा दुवागढी ४ बस्ने बर्ष ५० को झरनाथ सिटौला दाहिने खुट्टा र दाहिने हातमा चोट ।
५. जिल्ला मोरङ बिराटनगर ६ बरगाछी बस्ने बर्ष ३७ की प्रबिना निरौला अनुहारमा चोट ।
६. जिल्ला मोरङ बिराटनगर ६ बरगाछी बस्ने बर्ष २ की साईहा निरौला टाउको, अनुहारमा चोट ।
७. जिल्ला झापा शनिअर्जुन न पा वडा नं. ९ बस्ने बर्ष ३२ को कमल न्यौपाने टाउकोमा चोट ।
८. जिल्ला झापा खुदुनाबारी गा बि स वडा नं. २ बस्ने बर्ष २८ को डिल्ली बहादुर सोराली मगर अनुहार र बाया खुट्टामा चोट ।
९. जिल्ला झापा खुदुनाबारी गा बि स वडा नं. २ बस्ने बर्ष २० की ललिसा सोराली मगर अनुहारमा चोट ।
१०. जिल्ला झापा बिर्तामोड न पा वडा नं. ६ बस्ने बर्ष ६० को राम प्रसाद न्यौपाने अनुहारमा चोट ।
११. जिल्ला मोरङ बिराटनगर ६ बस्ने बर्ष १३ की साहेर निरौला अनुहारमा चोट ।
१२. जिल्ला मोरङ बिराटनगर ६ बस्ने बर्ष ४८ को राकेश निरौला टाउकोमा चोट ।
१३. जिल्ला झापा गोलधाप ४ बस्ने बर्ष ५५ को रुद्र पराजुली टाउकोमा चोट ।
१४. जिल्ला झापा गोलधाप ४ बस्ने बर्ष ४३ की सरस्वती पराजुली टाउको र बाया खुट्टामा चोट ।
१५. जिल्ला झापा गौरादह ११ बस्ने बर्ष २५ की गिता खतिवडा खुट्टामा चोट ।
१६. जिल्ला झापा गौरादह ११ बस्ने बर्ष ४० को भिम कुमार उप्रेती छाती र खुट्टामा चोट ।
कन्चनजंघा अस्पताल बिर्तामोड झापामा उपचाररत घाईतेहरु:-
१. जिल्ला झापा कन्काई न पा वडा नं.३ बस्ने बर्ष २७ की अनुपमा चुडाल गालामा चोट ।
२. जिल्ला काठमाण्डौ काठमाण्डौ ३५ कोटेश्वर बस्ने बर्ष ३५ को सैलेन्द्र साक्य खुट्टामा चोट ।
३. जिल्ला काठमाण्डौ काठमाण्डौ ३५ कोटेश्वर कपन ४ बस्ने बर्ष २० की निशा दाहाल निधारमा चोट ।
४. जिल्ला झापा कन्काई न पा वडा नं. ३ बस्ने बर्ष ४३ की रेनुका चुडाल टाउकोमा चोट ।
५.जिल्ला झापा कन्काई न पा वडा नं. २ बस्ने बर्ष १७ को राज गिरी दाहिने हातमा चोट ।
६. जिल्ला काठमाण्डौ कपन ४ बस्ने बर्ष २४ को दिपेश दाहाल कान,कान समेतमा चोट ।
मनमोहन अस्पतालका घाईतेहरु:-
१. जिल्ला झापा दमक ५ बस्ने बर्ष ४१ को कुल बहादुर पौडेल बाया खुट्टामा चोट ।
२. जिल्ला झापा दमक बर्ष ११ की रुचि पौडेल शरिरको बिभिन्न भागमा चोट ।
३. जिल्ला झापा दमक बर्ष १० को ईशक पौडेल अनुहारमा चोट ।
४. जिल्ला झापा दमक बस्ने बर्ष १२ की मनिषा पौडेल दाहिने खुट्टा र अनुहारमा चोट ।
५.जिल्ला झापा दमक बस्ने बर्ष ७ की सिता पौडेल अनुहारमा चोट ।
६. जिल्ला झापा गरामनी २ बस्ने बर्ष ३० की लिला खड्का दाहिने खुट्टामा चोट ।
७. जिल्ला झापा गरामनी २ बस्ने बर्ष ६२ की तुलसा खड्का निधारमा चोट ।
८. जिल्ला झापा गरामनी २ बस्ने बर्ष ९ को अंकित खड्का बाया खुट्टामा चोट ।
९. ना ५ ख ६५६१ नं.को बस चालक जिल्ला मोरङ उर्लाबारी ४ बस्ने बर्ष ३५ को दुर्गा प्रसाद आचार्य निधारमा चोट (यस कार्यालयको नियन्त्रणमा)
बि एण्ड सि अस्पताल बिर्तामोड झापामा उपचाररत घाईतेहरु:-
१. जिल्ला झापा बिर्तामोड न पा वडा नं. ९ बस्ने बर्ष ६४ को कमल राई दाहिने खुट्टामा चोट ।
२. जिल्ला झापा कन्काई न पा वडा नं. ३ बस्ने बर्ष १५ की मल्लिमा उप्रेती दाहिने खुट्टामा चोट ।
३. जिल्ला झापा कन्काई न पा वडा नं. ३ बस्ने बर्ष ४० की निरा उप्रेती टाउकोमा चोट ।
४.जिल्ला झापा कन्काई न पा वडा नं. ३ बस्ने बर्ष ४५ को गणेश उप्रेती टाउकोमा चोट ।
५. जिल्ला झापा कन्काई न पा वडा नं. ३ बस्ने बर्ष २० की मनिषा उप्रेती छाती समेतमा चोट ।
६. जिल्ला झापा हल्दिबारी ९ बस्ने बर्ष ३८ को अरुण तिमल्सिना दाहिने हातमा चोट ।
७. जिल्ला झापा शिवसतासी ८ बस्ने बर्ष ५२ की बिष्णु माया तिम्सिना छाति समेतमा चोट ।
८. जिल्ला मोरङ बिराटनगर ५ बस्ने बर्ष २३ की एलिना अधिकारी छाति समेतमा चोट ।
९. जिल्ला मोरङ बिराटनगर ५ बस्ने बर्ष २८ की एल्जिना अधिकारी दाहिने हात र खुट्टामा चोट ।
१०. जिल्ला मोरङ उर्लाबारी ४ बस्ने बर्ष २० को अनमोल बाराकोटी निधारमा चोट ।
११.जिल्ला मोरङ उर्लाबारी ४ बस्ने बर्ष ३८ को भुपेन्द्र न्यौपाने बाया हातमा चोट ।
१२. जिल्ला मोरङ अमरदह ६ बस्ने बर्ष ३१ की बबिता खनाल टाउकोमा चोट ।
१३. जिल्ला तनहुँ बन्दीपुर ३ बस्ने बर्ष ४५ को बुद्धिलाल चौहान दाहिने खुट्टामा चोट ।
१४. जिल्ला तनहुँ बन्दीपुर ३ बस्ने बर्ष ३७ की माया शिवा अनुहारमा चोट ।
१५. जिल्ला पाँचथर सुभाङ ३ बस्ने बर्ष ३९ की टुकादेवी भण्डारी छाती समेतमा चोट ।
१६. जिल्ला मोरङ पथरी ४ बस्ने बर्ष ६० को चन्द्र प्रकाश अधिकारी छाती समेतमा चोट ।
१७. जिल्ला मोरङ पथरी ५ बस्ने बर्ष ५० की तुलसा गिरी दाहिने खुट्टामा चोट ।
१८. जिल्ला मोरङ पथरी ७ बस्ने बर्ष ५२ को मित्र गिरी दाहिने खुट्टामा चोट ।
१९. जिल्ला झापा धरमपुर ९ बस्ने बर्ष २७ को दिपेन्द्र खड्का अनुहारमा चोट ।
२०. जिल्ला झापा कुमरखोद ५ बस्ने बर्ष १७ को जिवन मुर्मु दाहिने गालामा चोट ।
२१. जिल्ला मोरङ बिराटनगर ४ बस्ने बर्ष ४५ को उद्वव कोईराला टाउकोमा चोट ।
२२.जिल्ला मोरङ बिराटनगर ४ बस्ने बर्ष ३५ की अम्बिका निरौला दाहिने खुट्टामा चोट ।
२३. जिल्ला झापा टाघनडुब्बा ९ बस्ने बर्ष १८ को दिप्सन परियार टाउकोमा चोट ।
२४. जिल्ला झापा चन्द्रगढी ५ बस्ने बर्ष ७४ को मोहन प्रसाद सन्जेल टाउकोमा चोट ।
२५. जिल्ला झापा कन्काई न पा वडा नं. ९ बस्ने बर्ष ३९ को दुर्गा खरेल बाया हात र अनुहारमा चोट ।
२६. जिल्ला मोरङ खोर्साने ४ बस्ने बर्ष ५३ कि गिता काफ्ले टाउकोमा चोट ।
२७. ना ५ ख १८९८ नं. को बस चालक जिल्ला झापा बाहुनडागी १ बस्ने बर्ष ३६ को पदम ब. राई टाउको र दाहिने गालामा चोट । (उपचाररत रहेको)
२८. जिल्ला झापा बिर्तामोड ४ बस्ने बर्ष २७ की सावित्रा न्यौपाने प्रसाई गालामा चोट ।
२९. जिल्ला झापा बाहुनडागी १ बस्ने बर्ष २८ को सन्तोष राई ।
३०. जिल्ला झापा बिर्तामोड न पा वडा नं. ६ बस्ने बर्ष ४३ को बुद्धिलाल सुनुवार दाहिने खुट्टामा चोट ।
३१. जिल्ला झापा बिर्तामोड न पा वडा नं. ६ बस्ने बर्ष २९ को रुपक गुरागाई अनुहारमा चोट ।
३२. जिल्ला झापा बिर्तामोड न पा वडा नं. ६ बस्ने बर्ष १२ को निपेश सुनुवार अनुहारमा चोट ।
३३. जिल्ला झापा बिर्तामोड ४ बस्ने बर्ष १४ की रक्षा प्रसाई गालामा चोट ।