विर्तामाेड । झापाकाे विर्ताामाेडकाे पञ्चकन्या अगाडि पूर्व पश्चिम राजमार्गमा दुई वटा बस एक अापसमा जुध्दा दर्जन भन्दा बढी जना यात्रु घाइते भएका छन् ।
काँकरभिट्टाबाट दमक जाँदै गरेकाे ना ५ ख ६५६१ नम्बरकाे बस बिपरित दिशाबाट अाएकाे ना ५ ख १८९८ नम्बरकाे बससँग ठाेक्किँदा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परेकामध्ये ४ जना यात्रु र काँकरभिट्टाबाट दमक जाँदै गरेकाे बसका चालकको अवस्था गम्भीर रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । अर्का बसका चालक इलाका प्रहरी कार्यालय विर्तामाेडकाे सम्पर्कमा रहेका छन् । घाइते सबैको विर्तामोडका अस्पतालहरूमा उपचार भइरहेकाे ट्राफिक प्रहरी प्रमुख गिरीले बताए ।
Facebook Comments Box