प्रेस विज्ञप्ति
झापाली समाज युएई क्षेत्रीय समन्बय परिषदको अग्रसरता र झापाली समाज यु.ए.ई. को आयोजनामा दशैको अबसर पारेर झापाका विभिन्न तिन वटा बृद्दाश्रमहरुमा रहेका ७० जना बृद्द आमाबुवाहरुलाई आज मिति २३ आश्विन २०७३ का दिन मिष्ठान्न भोजन र नयाँ बस्त्र प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ। विभिन्न कारणबाट बृद्दाश्रमको शरणमा पुगेका ती बृद्द आमाबाबाहरू लाई सबैले हर्षोल्लासकाका साथ दशै मनाईरहदा संसारमा आफू एक्लो र साहारा बिहिन रहेको महसुस नहोस भन्ने सोच र “बृद्दबृद्दाहरुको दशैँ झापाली समाज यु.ए.ई. संग” भन्ने नाराका का साथ युएईमा कार्यरत झापालीहरुको सहयोग, झापाली समाज युएई क्षेत्रीय समन्बय परिषदको पहल र झापाली समाज यु.ए.ई.को आयोजनामा आज झापाका तिनवटा बृद्दाश्रमहरु परोपकार अनुसन्धान केन्द्र बिर्तामोड , श्री कृष्ण प्रणामी सत्सङ सेवा परिषद कन्काई-४ र लक्ष्मी नारायण माई बृद्दाश्रम शिबसताक्षी -९ मा छुट्टा छुट्टै कार्यक्रम गरि सम्पन्न भएको छ। यस कार्यलाई सफल बनाउन प्रत्यक्ष रुपमा झापामा रहेर आफ्नो समय दिनुहुने तपाईं सम्पुर्ण झापाली समाज युएई केन्द्रिय समितिका प्रतिनिधिहरू , क्षेत्रीय समितिका प्रतिनिधिहरू , बृद्दाश्रमका प्रतिनिधिहरू , विभिन्न देशमा रहनु भएका झापाली समाजका प्रतिनिधिहरू ,शुरक्षा निकायहरू , मिडियाकर्मीहरू , स्थानिय बुद्दिजिबीहरू तथा समाजसेवीहरु, यु.ए.ई. मा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने झापाली तथा नेपाली दाजुभाइ दिदिबहिनाहरु र उपस्थित सम्पुर्ण ब्याक्तित्वहरुमा झापाली समाज यु.ए.ई. क्षेत्रीय समन्वय परिषद आभार प्रकट गर्दछ ।
एकता, सहयोग र सहकार्यको मुल मन्त्र लिएर अगाडि बढेको यस झापाली समाज यु.ए.ई.ले समय समयमा विभिन्न प्रकृतिका आर्थिक सहयोग, राहत तथा उद्दारका कार्यहरु गरिरहेको सबैमा सर्वबिदितै छ । यु.ए.ई.मा अलपत्र परेका चेलीहरुको उद्दार देखि लिएर झापाका बिपन्न परिवारका सदस्यहरुमा लागेको गम्भीर प्रकृतिका रोगहरूको उपचारमा होस या बाढी ले घर बगाएर घरबारबिहिन पिडितहरुनै किन नहुन हरेक क्षेत्रमा स्थापना काल देखिनै सक्रिय रुपमा आर्थिक र मानविय सहयोग गर्दै अघि बढिरहेको छ। स्थापना कालको एक बर्ष पनि नपुग्दै छोटो समयमा यु.ए.ई. देखि झापा सम्म हरेक किसिमको सहयोग गर्दै समाजका गतिविधिहरु लाई निरन्तर अघि बढाउन महत्त्वपुर्ण भुमिका खेल्नु हुने सम्पुर्ण झापाली जो रोजगारीको शिलशिलामा युएईमा कार्यरत हुनुहुन्छ तपाईहरुकै साथ र सहयोगले आज झापाली समाज यु.ए.ई. यो स्थान सम्म आईपुगेकोछ र आउदा दिनहरुमा पनि झापाली समाज यु.ए.ई.ले आयोजना गर्ने कार्यक्रमहरुमा पनि तपाईंहरुको अमुल्य सल्लाह सुझावको पूर्ण अपेक्षा गर्दै तपाईहरुको निरन्तर साथ र सहयोग झापाली समाज यु.ए.ई. प्रति सदैव रहिरहनेछ भन्ने पुर्ण बिश्वास लिएका छौ ।
Facebook Comments Box