विर्तामाेड । क्रिएटिभ नेपलिज युथले नेपालीहरूकाे महान पर्व बडा दशैं, तिहार तथा छठ पर्वकाे उपलक्ष्यमा चङ्गा महोत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको छ ।
‘हाम्रो सस्कृती हाम्रो सान राष्ट्रिय गौरव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ दशैंको शुभकामना सहित चङ्गा उडान प्रतियोगिता तथा सांस्कृतिक नृत्य, गीत, संगीत लाई जोडेर उक्त कार्यक्रम गरिएको थियो ।
क्रिएटिभ नेपलिज युथका अध्यक्ष टिकाराम धमलाको सभापतित्व, सूचना तथा सञ्चार मन्त्रीका उपसचिव तथा खेलकुद महासंघ झापाका पुर्व अध्यक्ष राजु आचार्य ( अग्नि )को प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा श्री कृष्ण प्रणामि युवा परिषदका अध्यक्ष तथा युवा संघ झापाका सदस्य तहलदास ओलिकाे विशेष आतिथ्यता रहेकाे थियाे ।
नेकपा माओवादी केन्द्रका बिर्तामोड नगर कमिटी अध्यक्ष कुवेर श्रेष्ठ, राप्रपा नेपाल बिर्तामोड नगर कमिटी अध्यक्ष शंकर रिजाल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक खड्क प्रसाद खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुन्डीराज गिरी, आदिवासी जनजाति महासंघ झापाका प्रतिनिधि प्रेम घिसिङ , पत्रकार महासंघ झापाका कोषाध्यक्ष प्रेम आचार्य लगायत को आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरू प्रस्तुत गरिएकाे थियाे ।
कार्यक्रममा बाल्दै युवा संघ झापाका सदस्य तहलदास ओलिले हरेक हप्ता हुने विर्तामोड सरसफाइमा सहभागी हुने क्रीएटिभ नेपालीज युथको समूहले सरसफाइ संगै संस्कृती झल्काउन गरेको कार्यक्रम अत्यन्तै सान्दर्भिक भएकाे बताए ।
त्यस्तै माओवादी केन्द्रका नगर अध्यक्ष कुवेर श्रेष्ठले युवाहरु को समुहले गरेको यस्तो कार्यले आत्मीयता थप्ने र समाजमा परिवर्तन गर्न यस्ता युवाको खाचो रहेको भन्दै अाफूले सदैव सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अाचार्यले सबैमा शुभकामना व्यक्त गरे ।
चङ्गा प्रतियोगितामा क्रमश प्रियङ्का कुवर र रन्जित शर्मा प्रथम र द्वितीय भएका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको थियो ।