ईटाभटा । बडादशैं तथा शुभदिपावलीको अवसरमा स्टुडेन्ट राईजिङ टिमले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर १२ ईटाभटा चोकमा अयोजित कार्यक्रमको उद्घाटन कार्यक्रममा काकरभिटा स्रोत केन्द्रका स्रोत व्यक्ती लोकबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा काकरभिटा स्रोत अध्यक्ष हेम कुमार खड्का, आदर्श माविका प्रधानध्यापक हेमेन्द्र निरौला, अर्जुन पोख्रेल, हरिकुमार अधिकारी, रुद्र प्रसाद फुयल, युवराज आचार्य, लम्बोधर पौड्याल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा गायक गोपाल सरण निरौला, स्थानिय कलाकारहरु मिक्सेन लावती, समिर पौडेल, सोनिस ढुंगाना लगायतको प्रस्तुति रहेको थियो । स्टुडेन्ट राईजिङ टिमका उपाध्यक्ष उषा लिम्बुको स्वागत रहेको कार्यक्रमको संचालन मञ्जु चिमरिया र अभिषेक श्रेष्ठले गरेका थिए ।
Facebook Comments Box