२१ असोज, काठमाडौं । सरकारले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्न प्रकृया सुरु गरेको छ ।
दूरसञ्चार प्राधिकरणले स्याटालाइट राख्न विश्वव्यापी आश्यपत्र माग गरेको छ ।
प्राधिकरणले ४५ दिने सूचना प्रकाशित गर्दै स्याटालाइटसम्बन्धी काम गर्ने अन्तराष्ट्रिय संस्थाहरुसँग प्रस्ताव माग गरेको आजको कारोबारदैनिकमा समाचार छ ।
यसअघि पनि नेपालको अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नेसम्बन्धमा गरिएका अध्ययनहरु कार्यान्वयन हुन नसकेपछि अब अन्तर्राष्ट्रिय कम्पनीसँग साझेदारीमा राख्ने तयारी भएको हो ।
अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनले अन्तरिक्षमा नेपालका लागि सन् १९४८ मा ५० डिग्री पूर्वी र १२३.३ डिग्री पूवी अर्विटल स्तट छुट्याइएको थियो ।
प्राधिकरणले अन्तर्राष्ट्रिय र्फमहरुलाई यो क्षेत्र लन्च गर्नका लागि बोलपत्र पेश गर्न आहृवानग गरेको छ ।
Facebook Comments Box