
दमक | झापाको दमक स्थित आस्था कलेज अफ मेनेजमेन्ट आज बाट आईएसो सटिफाईट भएको छ । आज कलेजमा एक कार्यक्रमको आयोजनामा एक्सप्लोर होल्डिङ् कम्पनी काठमाडौँले कलेजलाई आईएसोको सर्टिफिकेट हस्तान्तरण गरेको हो ।
कलेजले न्युनतम मापदण्ड पूरा गरि कलेजले नेपाल बस्तु तथा सेवा गुणस्तर प्रामाणिकरणको चिन्ह प्राप्त गर्न सकेको कम्पनीका निर्देशक लव राउलले बताउनु भयो । यो प्रमाणपत्रको तिन वर्ष परिक्षण काल रहने उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल टेकनाथ भण्डारीले कलेजलाई पूर्वाञ्चलकै पहिलो बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रम कम्पनीका निर्देशक राउलको प्रमुख आतिथ्यता तथा कलेजका अध्यक्ष बलराम कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Facebook Comments Box