विर्तामाेड । झापाको तोपगाछी २, बाँसबारीमा बडा दशैंको अबसरमा आगामी कात्तिक २३ गते अष्टमीको दिन मेला लाग्ने भएको छ ।
प्रत्येक वर्ष लाग्दै आएको मेला यस वर्ष पनि भब्यताका साथ लाग्ने भएको हो । बाँसबारी बजार व्यस्थापन समितिको आयोजनामा सन्थाल समुदायको परम्परागत साँस्कृतिक सामुहिक नृत्यका साथमा एकल नृत्य प्रतियोगीताको कार्यक्रम राखिएको बाँसबारी बजार व्यस्थापनका समितिका सचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।
प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय सहित सहभागी सबैलाई शान्तवना पुरस्कार व्यवस्था गरिएको छ । करिब दुइ हजार भन्दा बढीले अबोलोकन गर्ने मेलामा ब्यापारीक इष्टलहरु पनि रहने बाँसबारी बजार व्यस्थापनका समितिका अध्यक्ष हर्क सावदेनले जानकारी दिए ।
प्रत्येक वर्षको दशैं, तिहार, तीज, नयाँ वर्ष लगायत पर्वको अबरसरमा मेला लागाउदै बाँसबारी बजारलाई महोत्सवको स्थल बनाउने उदेश्य राखिएको सावदेनले बताए ।