१८ असोज, काठमडौं । नेपाली कांग्रेसभित्र राज्यमन्त्री छनोटलाई लिएर चर्को विवाद देखिएको छ ।
आकांक्षीहरु बढी हुनु, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले धेरै संख्या माग गर्नु र प्रधानमन्त्री प्रचण्डले पनि माग गरेभन्दा कम मात्र दिने बताएकाले सभापति शेरबहादुर देउवालाई राज्यमन्त्री चयन गर्न हम्मेहम्मे परिरहेको आजको राजधानी दैनिकमा समाचार छ ।
नेपाली कांग्रेसले नौजनालाई राज्यमन्त्री बनाउन माग गरेपनि प्रधानमन्त्री दाहालले आठभन्दा बढी दिन नसकिने सन्देश पठाएका हुन् । प्रधानमन्त्री प्रचण्ड फुल मन्त्रीको आधाभन्दा बढी राज्यमन्त्री बनाउन नहुने पक्षामा छन् ।
धेरै राज्यमनत्री बनाउँदा जम्बो मन्त्रिमण्डल हुने र यसले सकारात्मक सन्देश जानेमा प्रधानमन्त्री दाहाल सचेत बनेका हुन् ।
यना, नौ जनालाई राज्यमन्त्री बनाउँदा मात्र कांग्रेसको विवाद कम हुने देखिएको छ । वरिष्ठ नेता पौडेल पक्षधरहरुले चारजनाभन्दा कममा झार्न नसकिने सभापति देउवालाई बताइसकेका छन् ।