काठमाडौं । भक्तपुर तलेजुका लागि च्यान्टे घोडा उपलव्ध भएको छ ।

भक्तपुर, जेला निवासी कृष्णगोपाल प्याठले निजी रुपमा पालेको घोडा तलेजुको बाहनका लागि दिएका हुन् ।
गत वर्ष तलेजुको घोडा दशैंका बेला जात्रा निकाल्दा दुर्घटनामा परी मरेको थियो ।
गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाका अनुसार विगतमा घोडाा कसरी उपलव्ध हुन्थ्यो भन्ने कागजपत्र नपाइएर असजिलो भएको थियो ।
एक वर्षको प्रयासपछि दाता प्याठले घोडा उपलब्ध गराएका हुन् । घोडालाई पूजाअर्चनाका साथ तलेजुमा राखिएको छ ।
तलेजुलाई सेतै घोडा चाहिने भएकाले उपलब्ध हुन कठिन भइरहेको थियो ।
Facebook Comments Box