विर्तामेड । विभिन्न सामाजिक काम गर्दै आएको विवेकशील नेपाली दल झापाले शनिबार दमकमा डा. गोविन्द केसीको समर्थनमा मौन जुलुस सहित बजार क्षेत्र परिक्रमा गरेकाे छ ।
विभिन्न माग सहित निरन्तर रूपमा अनसन बस्दै अएका डा: गोविन्द केसीको ९औ अनसन असाेज १० गते बाट सुरु भएको हो । यस अघिकाे ८ औ पटकको आमरण अनसनमा पनि समर्थन गर्दै केहि समय अगाडी बिबेकशील नेपाली दलले दमक र बिर्तामोडमा नगरपरिक्रमा गरेको थियो ।
विवेकशील नेपाली हरेक हप्ताकाे शनिबार विर्तामाेड सफाइ अभियानमा पनि सहभागी हुने गरेकाे छ ।
Facebook Comments Box