काठमाडौं । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । सुन आइतबार तोलाको ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसैबिच दसैँमा सुनको कारोबार बढ्ने आस गरेपनि सोचे अनुसार नभएको व्यवसायीले बताएका छन् ।
सबैजना भूकम्पपछिको पुनर्निर्माणमा लागेकाले सुन कारोबार प्रभावित भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक २० किलोको हाराहारीमा मात्र सुन कारोबार हुने गरेको छ ।
Facebook Comments Box