झापा । विर्तामोड पश्चिमपट्टि पूर्व पश्चिम राजमार्गमा रहेको अन्दुवा पुलमा सवारी साधनले मानिसलाई हिर्काउला भन्ने त्रास हुन्छ । जो कोही पनि उक्त पुलमा असुरक्षित महसुस गर्छन् । तर अन्दुवा खोलामा मान्छे हिँड्ने पुल अलग्गै बनेपछि असुरक्षा कम हुने भएको छ ।
विर्तामोडस्थित कन्काई एजुकेसन फाउण्डेसनका संस्थापक जयनारायण ढुंगानाले अन्दुवा खोलामा मान्छे हिँड्ने पुलको निर्माण गरिदिएका छन् । साँघुरो पुलमा मान्छे हिँड्न गाह्रो भएका कारण उनले उक्त पुलको निर्माण गरिदिएका हुन् ।
पूर्व पश्चिम राजमार्गमा पर्ने उक्त पुलमा सवारी साधन आवागमन नै गाह्रो भएको बेला उनले मान्छे सुरक्षित हिँड्न सकुन भन्दै उनले पुल बनाईदिएका हुन् ।
पुलको शनिबार एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । कार्यक्रममा पुल निर्माता ढुङ्गानाले आफुले पुन्य कार्य गरेको भन्दै यसको लागत नखुलनउने बताए ।
पुलको सुरक्षाको जिल्लामा ट्राफिक प्रहरीले लिने र रंगरोगन तथा मर्मतको काम ढुङगानाले गर्ने सम्झौता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले बताए । पुल साँघुरो हुदाँ दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरीले फलामे पुल निर्माण गरिदिन सामाजिक ब्यक्तिहरुलाई आह्वान गरेको थियो ।