धुलाबारी । ‘ हिमाल पहाड तराईको साझा ध्यान : संविधान कार्यान्वयनमा जेसीज अभियान ‘ नाराका साथ शुक्रबारदेखि जेसीज क्षेत्र ‘क’ सम्मेलन झापाको धुलाबारीमा शुरु भएको छ ।
नेपाल जेसीजको आयोजना र धुलाबारी जेसीजको आतिथ्यमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा जेसीजको क्षेत्र ‘क’ अन्तर्गत पूर्वी नेपालका सर्लाहीदेखी झापा सम्मका ३४ वटा जेसीज शाखाहरुबाट गरी ४ सय बढी प्रतिनिधिहरु सहभागी छन् ।
पुर्वसभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले सम्मेलनको उद्घाटन गरेका छन् । उनले गत साल असोज ३ गते संविधान जारी नगरिएको भए अहिलेसम्म पनि नेपाली जनताले नयाँ संविधान नपाउने बताएका छन् ।
त्यसैगरि नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनका विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले संविधानको पुस्तक घुमाएर मात्र देशमा विकास नहुने बताए ।
धुलाबारी जेसिजको आतिथ्यतामा भईरहेको सम्मेलनको उद्घाटन समारोहमा विशेष अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्मा, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन्द्र गुरुङ, नेपाल जेसीजका पुर्ब राष्ट्रिय अध्यक्ष उत्तर चापागाई , मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले शुभकामना मन्तब्य राखेका थिए ।
उद्घाटन समारोह पछि सम्मेलनको प्रकरणमा राष्ट्रिय व्यक्तित्वहरु डा।चन्द्रकान्त ज्ञवाली र पत्रकार महासंघका पु्र्व केन्द्रिय अध्यक्ष महेन्द्र झाले संविधानको विषयमा बिश्लेषणात्मक प्रस्तुति दिएका थिए भने युवा कानुन व्यवसायी प्रविण सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अणेश्वर खनालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा धुलाबारी जेसिजका सदस्य राजिव प्रसाईले जेसिज भिजन र मिसन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्षेत्र क सम्मेलनका निर्देशक अनन्त प्रकाश वस्तीले कार्यक्रमको बारेमा जानकारी गरएका थिए । धुलाबारी जेसीजकी सदस्य आस्मा चापगाईले आस्था बाचन गरेको कार्यक्रमको संचालन क्षेत्र क।सम्मेलनको सचिवालय संयोजक ज्ञानेन्द्र निरौला र धुलाबारी जेसीजका सदस्य केशव पोखरेले संयुक्त रुपमा गरेका थिए । सम्मेलन शनिबार समापन हुनेछ ।