भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन भद्रपुरले इकाइको २५औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
एसोसिएसनका प्रदेश नम्बर १ का प्रमुख पुरुषोत्तम अधिकारीको प्रमुख आतिथ्य तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख विजयराज पौडेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा ५० जना व्यक्तिले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा दुई जना महिलासहित ५० जनाले रक्तदान गरेका हुन् ।
एसोसिएसनका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसिएसनका केन्द्रीय सचिव युवराज कार्की, केन्द्रीय सदस्य रमेश पोखरेल, इकाइका पूर्व अध्यक्ष लोकनाथ भट्टराई, भद्रपुर जेसीजका अध्यक्ष भरत प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Facebook Comments Box