एजेन्सी । अमेरिकी गल्फ खेलाडी आर्नोल्ड पाल्मरको निधन भएको छ । विश्व खेलकुदको इतिहासमा महान खेलाडीका रुपमा लिइने पाल्मरको ८७ वर्षको उमेरमा निधन भएको हो ।

अमेरिकाको पेन्लिसभेनियामा रहेको एक अस्पतालमा उपचारको क्रममा निधन भएको अमेरिकी गल्फ एसोसिएसनले निधनको पुष्टि गरेको छ ।
आफ्नो लामो खेल जीवनको क्रममा पाल्मरले विश्वव्यापी रुपमा ९० भन्दा धेरै प्रतियोगिता जितेका छन् । पाल्मरले आफ्नो खेल कौशलबाट गल्फलाई नयाँ उचाइमा र्पुयाएका थिए । विश्वभर उनका लागि मरिहत्ते गर्ने उनका फ्यान छन् ।
पाल्मरको जन्म सन् १९२९ मा पेन्सिलभेनियामा भएको थियो । पाल्मर सन् १९५० को दशक र १९६० को दशकको सुरुमा विश्वमा आफ्नो राज गर्न सफल भएका थिए ।
Facebook Comments Box