भद्रपुर । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ अन्तरगत झापा जिल्ला स्तरीय उसु छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
मेची रंगलशाला भद्रपुरमा आयोजित उसु छनौट प्रतियोगितामा तौल समूह र थाउलु तर्फका पुरुष तथा महिला खेलाडीहरु छनौट गरिएको झापा जिल्ला उसु संघका सचिव तथा प्रशिक्षक रबिन श्रेष्ठले जानकारी दिए ।
४५ देखि ८० तौल समुहमा क्रमस पुरुष तर्फ प्रथम हुने अनित दनुवार, नरेन राई, सुजन मेचे, सञ्जय ताजपुरिया, सागर लिम्बु, शैलेश श्रेष्ठ, घनश्याम गुरुङ्ग र डम्बर यादव छनौट भएका छन् ।
त्यस्तै ४५ देखि ६५ तौल समूहमा क्रमस महिला तर्फ प्रथम हुने पुजा खवास, मनिषा श्रेष्ठ, मनिता राई, कञ्चन खवास र संगिता दनुवार छनौट भएकी छिन् ।
त्यसैगरी थाउलु पुरुष तर्फ प्रथम हुने अरुण सापकोटा, पवन श्रेष्ठ र आयुष आचार्य र महिला तर्फ प्रथम हुने आसंशा श्रेष्ठ, पूर्णिमा बुढाथोकी र प्रसंशा दंगाल छनौट भएकी छिन् ।
उनीहरुलाई पूर्वाञ्चलस्तरीय सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट छनौट गरिएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए । पूर्वाञ्चलस्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडीले राष्ट्रियस्तर प्रतियोगितामा भाग लिने अवसर पाउने उनको भनाई छ ।