काठमाडौं । अबदेखि श्रवण शक्ति नभएकाले पनि सवारी साधन संचालन अनुमति पत्र पाउने भएका छन्।
व्यवस्थापिका संसदको आइतबारको बैठकले सवारी तथा यातायात व्यवस्था दोश्रो संशोधन विधेयकलाई पास गरेपछि श्रवण शक्ति नभएकाका लागि पनि सवारी संचालन सहज अनुमति सहज भएको हो।
बैठकमा सवारी तथा यातायात व्यवस्था दोश्रो संसोध विधेयकलाई सर्वसम्मतिले पास गरेको हो। यससँगै अब श्रवण शक्ति नभएकाले पनि सडकको स्तर हेरी तोकिएको सडकमा सवारी सञ्चालन गर्न सक्ने गरी सवारी सञ्चालन अनुमति पत्र पाउने छन्।
यसैबीच, विधेयकमा श्रवण शक्ति नभएकाहरुको लागि पनि सवारी अनुमति पत्र दिने प्रावधान राखिएको भन्दै नेमकिपा, नेकपा माओवादी, जनमोर्चा लगायतका सांसदहरुले विरोध गरेका छन्। सडकस्तरउन्नती विना नै यस्तो व्यवस्था ल्याएको भन्दै उनीहरुले तत्काल हटाउन पनि माग गरेका छन्।
विधेयकका सम्बन्धमा बैठकमा उठेका प्रश्नमाथि जवाफ दिदै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले तोकिएको मापदण्ड पुरा भएका सडकमा मात्रै त्यस्ता व्यक्तिले सवारी साधन चलाउन सक्ने स्पष्ट पारे।
आइतबारकै बैठकमा शिक्षामन्त्री धनीराम पौडेलले पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ सर्वसम्मतिले स्वीकृत भएको छ। त्यसैगरी बैठकले श्रम विधेयक २०७२ र सामाजिक सुरक्षा विधेयक २०७२ लाई दफावार छलफलका लागि सम्बन्धीत समितिभमा पठाइएको छ।