रसुवा । सामाजिक काम गरे कस्ले पो मान्दैनन् र । चाहे कर्मचारी हुन् या प्रहरी सबैले वाह पाउँछन् ।
कामको कदर मात्रै होईन सम्मान पनि पाईन्छ भन्ने उदाहरण बनेका छन् रसुवाका शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक दर्शन गिरी । २०६० सालमा प्रहरी सेवामा प्रहरी निरीक्षक भएर प्रवेश गरेका गिरीले पछिल्लो एक वर्षमा रसुवामा रहदाँ सामाजिक काम र स्थानीयको शान्ति सुरक्षामा अमनचयन काम गरे वापत् स्थानीयले २० केजीको माला मात्रै पहिराईदिएनन् सम्मान समेत गरे । उनको बिदाईमा राजनितीकदल देखि स्थानीयको अाखाँ रसाए ।
रसुवाबाट धेरै सरकारी कर्मचारी सेना तथा प्रहरी अाउजाउ हुन्छन् सरुवा बढुवा हुन्छन् तर उनी एक मात्रै भाग्यमानी व्यक्ति हुन् जसललाई स्थानीयले सम्मान स्वरुप २० केजी माला लगाईदिए ।
गर्हुङ्गो फुलको गुच्छा गलामा पहरदै गर्दा उनका मुहारमा खुसीको मुस्कान देखिन्थ्यो । उनको अाखाँको भाब सुन्य थिए नतमस्तक भएर उनी विदाईको हात मिलाउँदै गर्दा पानी वर्षिएको थियो । उनको बिदाई साथै सफलताको कामना गर्दै रसुवाका प्रमुख जिल्ला अधिकारीले फेरी भेट्ने बचन दिए ।
“उहाँ चम्किलो हुन्नुहुन्छ जसरी तामाका भाडा माझे पछि चम्कन्छ, प्रजिअ अधिकारीले भने “फुलको सुगन्ध वरपर रहन्छ तर उहाँको सुगन्ध ढाडा पारी सम्म फैलिएको अाफुले महसुस गरेको छु ।’ निष्पक्ष र कुनै पनि गलत भाव नलिई सधै स्थानीयको सेवामा समर्पित डियसपि गिरीले रसुवाको खेलकुद बिकासको याेगदानका लागि १५ हजार रुपयाँ हस्तान्तर० पनि गरे ।
बिदाई कार्यक्रममा बोल्दै गिरीले अाफुले रसुवामा बस्दा स्थानीयको साथ र समर्थन पाएकोमा सबैलाई धन्यवाद व्यक्त गरे । जिल्ला बिकास समिती रसुवाले गरेको बिदाई कार्यक्रममा स्थानीय बिकास अधिकारी राजेन्द्र देव पाण्डे, रसुवाका सभासद छवाङ तेन्जिङ तामाङ,नेपाल लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र अाचार्य ,प्रहीरीका प्रहरी नायव उपिरक्षक फणिन्द्र प्रसाई, नेपाली सेना नारायण दल गणका गणपति बिक्रम गुरुङ,नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङ लगायत सयाै स्थानीयको सहभागिता रहेको थियो ।