काठमाडौं –राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले आगामी साता दुई वाइड बडी जहाज खरिदका लागि विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेन्डर) गर्ने भएको छ ।

निगमको जहाज खरिदका लागि आवश्यक ऋणकाजमाननी बस्ने अर्थ मन्त्रालयको निर्णयपछि ग्लोबल टेन्डर सुरु गर्न लागिएको हो ।
कर्मचारी सञ्चयकोषले गतसाता नै २५ अर्ब ऋण दिने आशयसहितको पत्र पठाइसेको छ ।
नागरिक लगानी कोष ताथा अन्ख्य वित्तीय संस्थाहरुले पनि सस्तो व्याजदरमा लागनी गर्न निगमलाई प्रस्ताव पठाएको छ ।
अर्थ मन्त्रालयबाट जमानी बस्ने पत्र मन्त्रालयमा आइसकेकाले अब जहाज खरिदका लागि लगानीको कुनै समस्या नहुने वायुसेवा निगम सञ्चालक समितका सदस्य बुद्धिसागर लामिछानेले बताए । आजको कारोबार दैनिकमा खबर छ ।
Facebook Comments Box