काठमाडाैं । बाग्मती प्रदेशमा काेराेना भाइरसकाे संक्रमण भेटिएका विरामीकाे उपचारका लागि दश जिल्लामा आइसोलेशन केन्द्र स्थापना गरिएकाे छ ।
प्रदेश सरकार, प्रदेश प्रहरी कार्यालय र विभिन्न अस्पतालहरुकाे सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा आइसोलेशन केन्द्र स्थापना गरिएकाे हाे ।
प्राप्त जानकारी अनुसार जिल्ला सरकारी अस्पताल भरतपुर चितवनामा २२, पूरानाे मेडिकल कलेज भरतपुरमा ४, भरतपुर महानगर पालिकाले निर्माण गरिएकाे काेराेना भाइरस अस्थायी अस्पतालमा ५० र चितवन मेडिकल कलेज भरतपुरमा ३ गरी चितवनामा मात्र ७८ बेड सहितकाे ४ ठाउँमा आइसोलेशन केन्द्र स्थापना गरिएकाे छ ।
यता मकवानपुरमा १९ वटा, धादिङ, सिन्धुली, रसुवा र नुवाकाेटमा एक-एक, काभ्रे र रामेछापमा दुई, दाेलखामा ४ री जम्मा १० ठाउँमा आइसोलेशन केन्द्र स्थापना गरिएकाे छ ।


Facebook Comments Box