काठमाण्डौ । रात छिप्पिँदै थियो। घडीमा नौ बज्दै गर्दा ललितपुरको च्यासल चोकमा मानिसको भीडभाड बढ्दै गयो। चारैतिर मधुरो बत्ती। सजिलै मानिसको अनुहार छुट्याउन नसकिने। ‘झ्याल्चा’चपा भन्ने एउटा पुरानो घरको उत्तरपट्टि मोहडामा ठूलो झ्याल देखिन्छ। त्यही झ्यालमा टाँगिएको थियो सेतो पर्दा। भित्रको उज्यालोले एकाएक पर्दामा दुई मानव आकृति सलबलाएको देखिन्छ। एउटा पुरूष र अर्को महिला। मानवकृति ठम्याउन गार्ह्रो पर्दैन। त्यती नै बेला नेवारी संगीत सुनिन्छ। संगीतको तालमा ती दुई आकृतिनजिकिन्छन्। एक आपसमा चुम्बन गर्छन्, अंकमाल गर्छन्…!
पर्दामा देखिएको दृश्यले पुरानो घरको आँगनमा खचाखच मानिसको मनमा अनेकौं तरंग पैदा हुन्छ। कोही लाज मान्छन्। कोही चुपचाप पर्दा नियाल्छन्। कसैलाई पर्दामा देखिएको दृश्यले काउकुती लागेजस्तो हुन्छ। कोही रोमाञ्चित भएर ताली बजाउँछन्। सिटी फुक्छन्। बुधबार राति पाटनको च्यषासलस्थित चपाःछेँमा योग नरेन्द्र मल्लले बनाएको मल्लकालिन घरको एउटा झ्यालमा देखाइने जात्राको यो प्रशंगलाई आजको नागरिकमा शिवहरी घिमिरेले लेखेका छन्।
जात्रा पहिलो पटक हेर्न आउनेका लागि अनौठो लाग्छ।
इन्›जात्राका बेला देखाइने यो ‘झ्याल्चा’ जात्रा पाटनका राजा योगनरेन्› मल्लको पालादेखि सुरु भएको कथन छ। जात्रा आरम्भको सन्दर्भ उठाउँदै ९७ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘एक दिन राजा योगनरेन्› मल्ल पाटनतिर जाँदै गर्दा च्यासलको इनारनजिकै एउटी व्यञ्जनकार युवती नुहाउँदै गरेको देख्छन्। निकै सुन्दर युवती देखेर मुग्ध राजाले उनलाई बिहे गरेर दोस्रो रानीका रुपमा भिœयाएपछि जेठी रानीलाई असह्य हुन्छ। जेठी रानीले च्यासलका अवाल (कुम्हाले) उठाएर व्यञ्जनकार रानीको बेइज्जत गर्न झ्याल्चा देखाउन लगाइन्,’ उनले भने, ‘झ्या भनेको झ्याल र ल्चा भनेको देखाउने हो। ती व्यञ्जनकार सुन्दरी केटीप्रति राजा आकर्षित भएपछि जेठी पत्नीले समाजमा योगनरेन्द्रको बद्नाम गर्न सुरु गरेको जात्रा हो यो।’
पाटन दरबार स्क्वायरमा उक्त जात्राको स्मरण गराउने योगनरेन्› मल्ल र उनका दुई रानीको सालिक अझै पनि छ। ‘झ्याल्चा’ पाँच दृश्यमा देखाउने चलन छ। दृश्यबारे जात्राको खोजकर्ता सुरज व्यञ्जनकार भन्छन्, ‘देखाइएका दृश्यमध्ये पहिलो दृश्यमा दुई पात्र मिलेर पूजा गर्दै योमरी खान्छन्। दोस्रो चरणमा युवतीले बत्ती काटेको दृश्य हुन्छ। युवतीले झुल्दै बत्ती कात्दा युवकले झस्काइरहन्छ। तेस्रोमा युवकले युवतीलाई सम्भोगका लागि आग्रह गर्छ। युवती सहमत नहुँदानहुँदै दुईबीच यौन क्रियाकलाप हुन्छ। चौथो चरणमा युवतीले नै आग्रह गर्छिन्। युवक मान्दैनन्। पछि यौनलीला हुन्छ। पाँचौंमा युवकले आग्रह गर्छ। युवती मञ्जुरी जनाउँछिन् र अन्तिममा फेरि पूजा गरेर ‘झ्याल्चा’ सकिन्छ।’