काठमाडौं । उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई थुनामा राख्न आदेश दिएको छ ।
साेमबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले थापालाई थुनामा पठाउने आदेश दिएकाे हो।
अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा सीआईबीले उनलाई भदाैमा पक्राउ गरेको थियो ।
एक लाख रुपैयाँ धराैटीमा उनलाई छाड्न जिल्ला अदालत, काठमाडौंले गरेको आदेश पाटनले बदर गरेको हो ।
उनीमाथि गुण्डा नाइके समीरमान सिंह बस्नेतको समूहसँग मिलेर संगठित अपराध गरेको आराेप छ ।
Facebook Comments Box