काठमाडौं । गायिका आस्था राउत धरौटीमा रिहा भएकी छन् ।
मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ हजार धरौटीमा छाड्ने आदेश दिएका हुन् ।
अभद्र व्यवहार सम्बन्धि कसूरमा राउतलाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै प्रहरीलाई अनुमति दिएको थियो ।
समय नपुगेकाे भन्दै अनुसन्धानका लागि समय मागेकाे प्रहरीले राउतविरूद्ध मंगलबारनै जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता गरेको थियो।
त्यसलगत्तै प्रहरीले राउतलाई थुनछेकका लागि प्रशासन कार्यालय पुर्याएको थियाे । जहाँ प्रमुख जिल्ला अधिकारी दाहालले ४ हजार धराैटीमा छाड्न आदेश दिएका हुन् ।
प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
Facebook Comments Box