काठमाडाैं । प्रहरीले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्ने अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे हाे ।
राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । त्यसलगत्तै उनलाई स्वास्थ्य जाँचका लागि लगिएकाे थियाे । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । प्रहरीले अनुसन्धानका लागि ७ दिनकाे समय मागेकाे भएपनि प्रशासनले ४ दिनकाे समय दिएकाे हाे ।
त्रिभुवन विमानस्थलबाट भद्रपुर जानेक्रममा क्रममा गत माघ १ गते सुरक्षा जाँच गर्दा अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध उजुरी दिएकी थिइन्।
Facebook Comments Box