काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ अनुमति गरेको प्रहरीले जनाएको छ ।
राउत भने हाल कार्यक्रमका शिलशिलामा सिक्किममा रहेको भनिएपनि सम्पर्कमा छैनन्र । जसअनुसार राउत प्रहरीको सूचीमा फरार अभियुक्तको रूपमा रहेकी छन् ।
बधुबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले फेसबुक लाइभमा प्रहरीविरूद्भ आक्रोश पोखेकी थिइन् ।
भिडियो लाइभमा प्रहरी प्रशासनविरूद्ध गालगलौजमा उत्रिएकी राउतको उक्त भिडियो एकाएक भाइरल भएपछि घट्नाले अर्कै मोड लिएको थियो ।
Facebook Comments Box