काठमाडौं । भूकम्प र नाकाबन्दी कारण उत्पन्न समस्याले समयमै काम गर्न नपाएको भन्दै मेलम्ची खानेपानी विकास समितिले ठेकेदारलाई आतिरिक्त ६ महिनाको सुविधा प्रदान गरेको छ ।

आयोजनाको मुख्य सुरुङ निर्माण गरिरहेको ठेकेदार सो अवधिको क्षतिपूर्ति स्वरुप एकमुष्ठ १८२ दिनको समय थप गरिएको छ ।
भूकम्प र नाकाबन्दीका कारण मेलम्चीको काम झन्डै १० महिनासम्म रोकिएका थियो । यस अवधिमा ठेकेदारले काम गर्न नपाएको भन्दै म्याद थप गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।
उनका अनुसार समिति र ठेकेदारबीच १ हजार ९५ दिभित्र मेलम्ची सुरुङ खनिसक्ने सम्झौता भएको थिया । सम्झौता अवधि असोज १५ बाट समाप्त हुँदैछ । आजको कारोबार दैनिकमा खबर छ ।
Facebook Comments Box