२५ भदौ, काठमाडौं । दशैंलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा तीन सयभन्दा बढी बस थप्ने तयारी गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैं र तिहारमा अधिकांश सर्वसाधारण गृह जिल्ला जाने भएकाले यात्रु चापका आधारमा बस थप्ने तयारी गरिएको आजको अन्नपूर्णमा समाचार छ ।
महासंघमा महासचिव सरोज सिटौलाका अनुसार दशैंको समयमा दैनिक डेढ लाखको हाराहारीमा यात्रु बाहिरिने भएकाले हाल सञ्चालित बसले चाप थेग्न नसक्ने अवस्था छ ।
त्यसैले एक अर्ब ५० करोड लगानी गरेर आधुनिक सुविधासम्पन्न बस थप्न लागिएको उनले बताए । सामान्य दिनमा दैनिक ६ सय बसबाट ४५ हजार यात्रु बाहिरिने गरेका छन् । छोटो दूरीमा भने दुई सय गाडी थप्ने तयारी छ ।
Facebook Comments Box