२५भदौ,काठमडौं। वीरगन्ज उपमहानगरपालिका कार्यालय वीरगन्जका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालामाथि कार्यकक्षमै हातपात भएको छ ।
उनलाई आफ्नै कार्यालयका प्रशासन शाखा प्रमुख एवं प्रशासकीय अधिकृत रामदयाल यादवले हातपात गरेका छन् ।
कार्यालयले करारमाराखेका कर्मचारीहरुको करारको मयाद तथ र तलबको विषयले चर्को रुप लिएपछि प्रशासकीय प्रमुख यादले नै कार्यकारी प्रमुखमाथि मुक्का प्रहार गरेका थिए । अाजको राजधानीदैनिकमा समाचार छ ।
सुरुमा प्रशासकीय अधिकृतको कार्यकक्षमा नै करारका चालकहरु र उहाँहरुबीचको आपसी विववादले हात हालाहालको अवस्था सृजना भएपछि त्यही झोकमा प्रशासकीय अधिकृत यादले पनि अपशव्दै बोल्दै एक्कसी मुक्का प्रहार गरेका थिए ।
Facebook Comments Box