२५ भदौ, काठमाडौं । उच्च अदालत गठनलगायत न्यायपालिकासम्बन्धी महत्वपूर्ण विधेयक पारित गर्ने कार्यसूची छाडेर सांसदहरु एउटा विदेशी संस्थाको गोष्ठिमा सहभागी भएपछि शुक्रबार संसदको कोरम पुग्न सकेन ।

आवशयक संख्या नपुगेपछि न्यायपालिकासम्बन्धी तीनवटा महत्वपूर्ण विधेयक पारित गर्ने कार्यसूची हटाएर सभामुख ओनसरी घर्तीमगरले आइतबारसम्मका लागि बैठक स्थगित गनुपर्यो ।
सभामुखदले महत्वपूर्ण कार्यसूची राख्नै नपाई अढाइ दर्जन सांसद एउटा विदेशी संस्थाले व्यवस्था गरेका दुईवटा पर्यटक गाडी चढेर संसद भवन बानेश्वरबाट गोष्ठिमा भाग लिन पार्क भिलेज रिसोर्ट प्रस्थान गरेका आजको अन्नपूर्णमा समाचार छ ।
एक अमेरिकी संस्थाले द्वन्द्व व्यवस्थापन सम्बन्धि दुई दिने गोष्ठि रोखको थियो । गोष्ठिमा विभिन्न दलका तीस महिला संसादको उपस्थिति रहेको अयोजक संस्थाले जनाएको छ । संसद सचिवालयका अनुसार तीन सय ६६ सांसदले शुक्रबार संसदमा हाजिरी गरेका थिए ।