भद्रपुर, भदाै २२ । जन-अान्दाेलन २०६२-६३ पछि भद्रपुरकाे गहना रहेकाे महेन्द्र पार्क उचित सृङ्गार र संरक्षणकाे अभावमा कुरुप बन्दै गएकाे थियाे ।
भद्रपुर नगरपालिकाकाे सक्रियतामा बुधवार नगरपालिकाका कार्यकारी अधिकृत संताेष घिमिरे, राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी र स्थानीय नगरवासीकाे सहयाेगमा उक्त पार्कलाई रंगाउने काम सम्पन्न भएकाे छ। हेर्दै नराम्राे देखिन थालेकाे महेन्द्र पार्क अब भने जाे काेहि लाई छिर्न बाध्य बनाउने भएकाे छ । नगरपालिकाकाे अग्रसरतामा भएकाे याे कामकाे सबै नगरबासीले प्रशंसा समेत गरेका छन् ।
Facebook Comments Box

