बुटवल । गुल्मीको चन्द्रकोटमा विभत्स अवस्थामा तीन जनाको शव फेला परेकाे छ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा शनिवार बिहान एक महिला र दुई बालककाे बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।
शव विभत्स अवस्थामा रहेको र टाउकोमा पनि चोट लागेकाले उनीहरूको हत्या भएकाे उन सक्ने आशंका गरिएको छ।
कच्ची सडकबाट ४ मिटरको दुरीमा बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर दुरीमा २ वटा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए।
शवको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास लगिने प्रहरीले जनाएको छ।
Facebook Comments Box