काठमाडौं । अध्यागमन ऐन हदै लचिलो हुँदा नेपालमा नक्कली राहदानी तथा भिसाको प्रयोग र ओभर स्टे (भिसाभन्दा बढी बस्ने समय) गर्ने विदेशीको संख्या बढ्दै छ ।

नक्कली राहदानी प्रयोग गर्नेलाई न्यूनतम सजाय, ओभर स्टे गर्नेले सामान्य जरिवाना तिरेपछि उन्मुक्ति पाउने र विदेशी नक्कली भिसा प्रयोग गर्नेलाई ऐनका कारबाहीको व्यवस्थै नहुँदा अध्यागमन ऐन मिच्ने विदेशी बढेका हुन् ।
‘कसैले नेपालको भिसानक्कली गरे भने उनीहरुमाथि हामी कारबाही गर्छौं, तर अन्य देशको भिसा नक्कली बनाई नेपालबाट उड्न लागेको छ भने त्यस्तालाई हाम्रो कानुनले चिन्दैन,’ अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले भने । आजको नागसिक दैनिकमा खबर छ ।
Facebook Comments Box