काठमाडौँ । काठमाडौंको तारकेश्वरस्थित एक निजी विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते भएका छन्।
तारकेश्वर नगरपालिका–३ जितपुरमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको छानो खस्दा दुर्घटना भएको हो ।
कक्षा १ देखि ५ सम्म अध्ययनरत विधार्थी घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुलाई मेडिसिटी अस्पतालमा ल्याइएको छ। घाइतेको अवस्था सामान्य रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
।
Facebook Comments Box