काठमाडौं । हत्या आरोपमा पक्राउ परेका अफ्ताव आलममाथि थप अनुसन्धान गर्न पुन: पाँच दिनको म्याद थप गरिएको छ।
यसअघि थपिएको सात दिनको म्यादमा अनुसन्धान नसकिएपछि प्रहरीले पुन: पाँच दिनको म्याद पाएको हो ।
२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएकाे आरोप उनी माथि छ। आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटमा घाइते भएकालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आराेप छ ।
नेपाली कांग्रेसका सांसद रहेका आलमलाई प्रहरीले हत्या आरोपमा गत आइतबार पक्राउ गरेको थियो।
हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा पाउने सेवा सुविधा पनि राेक्का भएकाे छ ।
Facebook Comments Box