काठमाडौं । सुदुरपश्चिम प्रदेश नम्बर ७को शैक्षिक विकासका लागि थप ६ वटा आङिगक क्याम्पस निर्माण गर्ने निर्णय भएको छ । सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा वालुवाटारमा बसेको सुदुरपश्चिम विश्वविद्यालयको पाँचौ साधारणसभामाले ६ वटा आंगिक क्याम्पस थप गर्ने निर्णय गरेको हो ।
जसमा भानु बहुमुखी क्याम्पस, दोधारा कन्चनपुर,अछाम बहुमुखि क्याम्पस मंगलशैन अछाम, लक्की बहुमखि क्याम्पस बिपि नगर डोटि, शंकरपुर क्याम्पस पस्ति दार्चुला, घोडाघोडि बहुमुखि क्याम्पस सुखड कैलाली गरि छ क्याम्पस रहेका छन् ।
विश्वविद्यालयको दोस्रो साधरण सभाबाट हरेक वर्ष सुदुरपश्चिममान्चल क्षेत्रका कम्तिमा दुइवटा सामुदायिक क्याम्पसलाई सुप विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा स्थापना गर्ने प्रस्ताव पारित भएक अनुरुप सुदुरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा ९ को उपदफा (घ) र सुदुरपश्चिमाञ्चल विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०६९ को नियम १९ को उपनियम (घ) बमोजिम डिन प्राध्यापक नारायण अवस्थीले प्रस्तुत गरेका थिए ।
सभामा सुदुरपश्चिम विश्वविद्यालयलाई अवाश्यक पर्ने थप दरबन्दी स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव, इन्जिनियरीङ संकाय थप गर्ने प्रस्ताव , सुदुरपश्चिम विश्विद्यालयम शिक्षक कर्माचारी सेवा नियममावली २०६९ मा तेस्रो संसोधन प्रस्तावमाथि छलफल भएको थियो । माननीय शिक्षामन्त्री धनिराम पौडेल ले सम्बोधन गरेका थिए । २०६७ सालमा सुदुरपश्चिम विश्वविद्यालय स्थापना भएको थियो ।