काठमाडौं। स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रका सुधारका लागि लामो समयदेखि आवाज उठाइरहेका प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालयमा भागबन्डाको मुस-दौड रोक्न आग्रह गरेका छन्।
डा. केसीले प्रेस बिज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भनेका छन् ‘त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था हालसालै सतहमा आएकोमा फेरि भावण्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद कुरा हो । उक्त कदम सच्याएर योग्यताका आधारम नयाँ नियुक्ति गर्न पनि आग्रह गर्दर्छौं।‘
डा. केसीले विश्वविद्यालयहरुमा संस्थागत भएका दलीय भागवण्डा, नातावाद र कृपावादजस्ता प्रवृत्तिजन्य भद्रगोल व्यवस्थापन अन्त हुनुपर्छ भन्ने कुरा उठाएका छन्। साथै देशमा उच्च शिक्षाको अहिलेको अस्तव्यस्तता कायम राखी लहडको भरमा कुनै विश्वविद्यालय नथप्न पनि सरकारलाई आग्रह गरेका छन्।
Facebook Comments Box