काठमाडौं, भदौ १४ । केपी ओली नेतृत्व सरकारले सांसदको घरभाडा र सवारी भाडा भत्ता बढाउने नीतिगत निर्णय गरेपनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै सांसदले असन्तुष्टि पोखेका छन् ।
बजेटको निर्णयअनुसार घरभाडाबापत रकम नपाएपछि राजनीतिक दलका प्रमुख सचेतकले सभामुख ओनसरी घर्तीमगर र कानुनमन्त्री अजयशंकर नायकलाई भेटेर लबिङसकेत सुरु गरेका छन् ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले समयाअनुकूल घरभाडा रकम बढाउने निर्णय अघिल्लो सरकारले गरे पनि त्यसलाई कार्यान्वयन नगरिदिएपछि सभामुख र कानुनमन्त्रीसँग पुनः छलफल गर्नुपर्ने बताए । आजको नागरिक दैनिकमा प्रकाशित समाचार।
Facebook Comments Box