काठमाडौंको भद्रकालीस्थित मन्दिरमा एक हप्ताअघि आफूलाई ‘धर्ती माता’ भन्दै एक युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन्।
युवतीलाई यातना दिने विष्णु कुँवरलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ।
एक हप्ताअघि सैनिक मुख्यालय नजिकै रहेको भद्रकाली मन्दिरमा एक युवतीलाई बोक्सीको आरोप लगाउँदै कुँवरले यातना दिएकी थिइन्। जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
Facebook Comments Box