काठमाडौं । उपत्यकामा युवतीमाथि शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गिरोहका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
घटनामा संलग्न आशंकामा प्रहरीले रामेछाप स्थायी घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई महाराजगन्जबाट पक्राउ गरेको हो।
काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार कार्कीलाई परिसरबाट खटिएको टोलीले बिहीबार राति पक्राउ गरेको हो। कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको प्रहरीसँग बताएका छन्।
प्रहरीले घट्नाबारे विस्तृत जानकारी दिन शुक्रबार दिउँसो पत्रकार सम्मेलननै गर्दैछ ।
पछिल्लोपटक बुधबार काभ्रेको बनेपामा पनि एक महिला सिरिन्ज आक्रमणमा परेकी छन्। यसअघि काठमाडौंमा शृंखलाबद्ध सिरिन्ज आक्रमण भइसकेका छन्।
Facebook Comments Box