काठमाण्डौ । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ। पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको खबर आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले खबर लेखेका छन्।
त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले तदारूकता देखाउनु पर्नेछ।
Facebook Comments Box