बिराटनगर । प्रदेश १ को स्थायी राजधानी धरानलाई तोक्नु पर्ने भन्दै धरानबासीले विराटनगरमा प्रदर्शन गरेका छन् ।
धरानलाई स्थायी राजधानी बनाउनुपर्ने माग राख्दै धरानबासीले आइतबार दिउँसो विराटनगरमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदेश नम्बर एकको स्थायी राजधानी धरान नै उचित रहेको भन्दै विराटनगर प्रदेश सभाअगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले धरानलाई स्थायी राजधानी घोषणा गर भन्ने प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । उनीहरूले धरानलाई स्थायी राजधानी बनाइनु पर्ने भन्दै प्रदेशसामा ज्ञापन पत्र पनि बुझाएका छन् ।
यसैगरी लिम्बूवानले पनि सोही माग राखी प्रदर्शन गर्ने जानकारी गराएको छ । लिम्बूवानले पनि प्रदर्शन गर्ने भएपछि प्रदेशसभाको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
Facebook Comments Box