काठमाडौं–करिब २ हजार वर्ष पुरानो नेपाली सेनाको इतिहासमा नयाँ अध्याय थपिएको छ । नेपाली सनामा पहिलोपटक गैरप्राविधिक सेवामा महिलाहरु मेजर पदसम्म पुगेका छन् ।
इन्फ्रिन्ट्री (सामान्य सेवा) तर्फ पलिोपटक महिलाहरु दुई साताअघि मेजरमा बढुवा भएका छन् । सेनाले २०६१ सालदेखि मात्र महिलालाई अधिकृत तहमा भर्ना लिन थालेको हो ।
४६ को बेसिकमा पहिलोपटक भर्ना भएका महिला ११ वर्षमा मेजर पदमा पुगेका हुन् । उनीहरु नै सामान्य सेवातर्फ मेजर बन्ने पहिलो महिला सेीनक अधिकृतहरु भएको सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले बताए ।
प्राविधिक पदहरुमा भने महिलाहरु उच्च पदमा पुगिसकेका छन् । नर्सिङ सेवामा अहिले पनि बिग्रेडियर जनरल पदमा महिला कार्यरत छिन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Facebook Comments Box